ad ad

कारोबार


नेपाल बैंक लिमिटेडद्वारा त्रिभुवन विश्वविद्यालयलाई सडक डिभाइडर हस्तान्तरण

नेपाल बैंक लिमिटेडद्वारा त्रिभुवन विश्वविद्यालयलाई सडक डिभाइडर हस्तान्तरण

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १९:१८, काठमाडौँ

नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरका सडकहरूमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाइडरहरू सहयोग स्वरुप प्रदान गरेको छ।

नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा एक कार्यक्रम आयोजना गरी बैंकका शाखा प्रबन्धक नारायण प्रसाद दाहालले त्रिवि अन्तर्गत विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राडा ध्यानेन्द्र बहादुर राईलाई सडक डिभाईडरहरू हस्तान्तरण गरे।

उक्त कार्यक्रममा प्राडा राईले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय परिसरको सडक दुर्घटना न्यूनीकरणका साथै सडक प्रयोग गर्ने सबैको सुरक्षाको लागि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा धन्यवाद दिए।

नेपाल बैंक लिमिटेड कीर्तिपुर शाखाका शाखा प्रबन्धक नारायण प्रसाद दाहालले बैंक र नेपालको प्रतिष्ठित विश्वविद्यालयबीच युगौंंदेखि रहेको सम्बन्ध र विश्वविद्यालयले शिक्षा क्षेत्रमा खेलेको अतुलनीय भूमिकाको सराहना गरे।

साथै उनले बैंकले सडक दुर्घटना न्यूनीकरण एवम् सडक सुरक्षित बनाउन आवश्यक सामाग्री सहयोग गर्न पाएकोमा खुशी लागेको भन्दै आगामी दिनमा समेत बैंकको तर्फबाट यस प्रकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साह र नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखाका कर्मचारी तारा राई लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .