ad ad

राजनीति


एकीकृत समाजवादीभित्र मतभेद छैन : राजेन्द्र पाण्डे

एकीकृत समाजवादीभित्र मतभेद छैन : राजेन्द्र पाण्डे

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १८:७, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीभित्र वैचारिक मतभेद नभएको दाबी गरेका छन्।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा एउटै दस्ताबेज तयार भएकाले पनि पार्टीभित्र वैचारिक मतभेद भएको भनेर भन्न नमिल्ने उनको तर्क थियो। मंगलवार संसद भवन परिसरमा

सञ्चारकर्मीहरुले अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच वैैचारिक मतभेद रहेको छ नि? भनेर प्रश्न गरेका थिए। उपाध्यक्ष पाण्डेले सबै नेताहरू मिलेर महाधिवेशनमा प्रस्तुत गर्नका लागि एउटै दस्तावेज बनाएकाले त्यसो भन्न नसकिने बताए।

उनले नेताहरूबीच पार्टी नेतृत्वको लागि पहल हुनुलाई भने स्वभाविक रुपमा लिनुपर्ने बताए।

उपाध्यक्ष पाण्डेले भने, ‘पार्टीभित्र वैचारिक मतभेद छ भन्नेकुरा भन्नेकुरा मात्रै हो जस्तो लाग्छ। किनभने वैचारिक मतभेद भए त दुईवटा दस्तावेज छुट्टै बन्थ्यो होला नि। दस्तावेज त सबै सल्लाह मिलाएर एउटै दस्तावेज बनेको छ त वैचारिक मतभेद कहाँ छ भन्ने?’

फरक प्रसंगमा उपाध्यक्ष पाण्डेले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय स्वभाविक भएको प्रतिक्रिया दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .