ad ad

राजनीति


गण्डकीमा ‘फ्लोर क्रस’बारे नेसपाको स्पष्टीकरणः संविधान र कानुनले दिएको अधिकार प्रयोग

गण्डकीमा ‘फ्लोर क्रस’बारे नेसपाको स्पष्टीकरणः संविधान र कानुनले दिएको अधिकार प्रयोग

नेपालखबर
जेठ २८, २०८१ सोमबार २२:३३, काठमाडौँ

नेपाल समाजवादी पार्टीले गण्डकी प्रदेशमा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको विश्वास संविधानले दिएको अधिकार अन्तर्गत नै रहेको स्पष्टीकरण दिएको छ। नेसपा प्रवक्ता कृष्णप्रसाद शर्माले सोमबार अबेर एक विज्ञप्ति जारी गर्दै चुनावमा स्वतन्त्र अस्तित्वसहित सहकार्य भएको उल्लेख गरेका छन्।


‘हाम्रो पार्टीले गत आम निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित गठबन्धन गरी चुनावमा भाग लिएको कुरा बिदितै छ,’ विज्ञप्ति भनिएको छ, ‘नेपाल समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) नेपालको संविधान धारा १७ को उपधारा (२) खण्ड (ग) र राजनैतिक दलसम्बधी ऐन २०७३ को दफा ४९ ले दिएको अधिकार प्रयोग गरी दलको छुट्टै स्वतन्त्र अस्तित्वसहित चुनावमा सहकार्य भएको थियो।’

नेसपाले निर्वाचन अयोगले समेत आफ्नो पार्टीको नाममा प्रमाणपत्र दिएको दाबी गरेको छ। ‘स्मरण रहोस्, गत निर्वाचनमा नेपाल समाजवादी पार्टीले आफ्नो चुनावी नारा र घोषणा पत्रसहित जनतामा मत मागेको थियो,’ नेसपाले भनेको छ, ‘निर्वाचनमा गोरखा २ (१) मा उम्मेदवारी दर्ता गर्दा ने फणीन्द्र देवकोटाले मनोनयन फाराममा नेपाल समाजवादी पार्टीको तर्फबाट उम्मेदवार भनेर जनाउनु भएको थियो।’

‘निर्वाचनपश्चात निर्वाचन आयोगले उहाँलाई नेपाल समाजवादी पार्टीको विजयी सांसद भनी प्रमाण पत्र र परिचय पत्र दिएको हो,’ नेसपाले अघि भनेको छ, ‘निर्वाचन आयोगमा भएको अभिलेखमा समेत नेपाल समाजवादी पार्टीका प्रदेश सभा सदस्य भनेर उल्लेख गरेको अवस्था छ।’

No description available.


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .