ad ad

राजनीति


ओलीप्रति माओवादी सांसद आलेको कटाक्ष : संसद् विघटनको कुरा नकोट्याउनुस्

ओलीप्रति माओवादी सांसद आलेको कटाक्ष : संसद् विघटनको कुरा नकोट्याउनुस्

फाइल फोटो


नेपालखबर
जेठ २८, २०८१ सोमबार १४:४६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सांसद सुरेशकुमार आलेमगरले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बचाउनका लागि संसद विघटन गरेको भनि दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सोमवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नयाँ सत्तासमीकरण बनाएर हिँडिरहेका बेला त्यस्तो कुरा नकोट्याउनु उपयुक्त हुने धारणा राखेका हुन्।

सांसद आलेमगरले आफू समेत बस्ने साझा घर भत्काए जसरी ओलीले पार्टीमा झगडा भयो भनेर प्रतिनिधि सभा विघटन गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले नयाँ सत्ता समीकरणमा सामेल भएकाले कसैले पनि त्यो समीकरणमाथि आँच आउने खालको अभिव्यक्ति दिन नहुने पनि बताए।

‘केही दिनअघि प्रतिनिधि सभा विघटनालाई जष्टिफाई गर्ने कुराहरू पनि भए। हुन त हरेक कुराको सन्दर्भ हुन्छ। त्यसको औचित्य र उपादेयता पनि हुन्छ’ सांसद आलेमगरले भने, ‘आफ्नो घरमा घरका सदस्यहरूबीच झगडा भयो। घरमुलीले आफू समेत भएको साझा घर भत्काइदियो। आफ्नो घरमा झगडा भएको छ भने त आफ्नो घरको झगडा पो मिलाउने होला।’

त्यस अवसरमा सांसद आलेमगरले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि कर्मचारीतन्त्रलाई आग्रह गरे।

प्रतिनिधिसभा विघटन नगरेको भए एमाले दक्षिणपन्थीको पाउमा पुगिसकेको हुन्थ्यो : ओली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .