ad ad

राजनीति


१४ वर्ष जेल बसेका ओलीले जबजलाई मार्गदर्शक सिद्धान्त भन्नु लज्जास्पद : झलनाथ

१४ वर्ष जेल बसेका ओलीले जबजलाई मार्गदर्शक सिद्धान्त भन्नु लज्जास्पद : झलनाथ

नेपालखबर
जेठ २७, २०८१ आइतबार १४:२३, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि एमालेले मार्गदर्शक सिद्धान्त जबज भनेर हिँड्नु लज्जास्पद भएको टिप्पणी गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेले मार्क्सवाद, लेनिनवाद भन्दा पहिला जबज लेखेर आजको समाजवादी क्रान्तिको युगमा लाजमर्दो काम गरेको जिकिर गरेका हुन्। 

‘बुर्जुवा विचारहरू कम्युनिस्ट पार्टीमा पलपलमा छिरिरहेका छन्। अनि हामीले वैचारिक संघर्ष गरेनौ भने हामीलाई नै तिनीहरुले रुपान्तरण गरिदिन्छन्। नेताहरूलाई नै रुपान्तर गरिदिन्छन्। केपी ओलीमा आएको यो अधपतन रुपान्तरण हो कि होइन? अधपतन हो कि होइन? त्यो अधोपतन हो नि। १४ वर्ष जेल बसेका मान्छे, अहिले समाजवादी क्रान्तिको युगमा जबज हाम्रो मार्गदर्शक सिद्धान्त हो भनेर हिँडिरहेका छन्। लज्जास्पद कुरा हो। लाजमर्दो कुरा हो,’ उनले भने।

समाजवादका कुरा गर्नेहरूले त्यसको वैचारिक र सैद्धान्तिक चुनौतिहरूलाई पहिचान गरेर अघि बढ्नुपर्ने आवश्यकता पनि औल्याउँदै सम्मानित नेता खनालले एमाले अध्यक्ष केपी ओलीलाई बुर्जुवा विचारले अधोपतनतिर रुपान्तरण गरिदिएको दाबी गरे। 

१४ वर्ष जेल बसेका ओलीले अहिलेको समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त मानेर अधोपतनको बाटोमा लागेको सम्मानित नेता खनालको भनाई थियो। 

‘मार्क्सवाद लेनिनवाद पनि होइन। सबभन्दा पहिला के आउँछ? भन्दा जबज। त्यो भएको हुनाले आज हामीले यो समाजवादी कुरा गर्दाखेरी हाम्रा सामू केही चुनौतिहरु छन्। वैचारिक सैद्धान्तिक चुनौतिहरू छन्। ती सैद्धान्तिक चुनौतीहरूलाई हामीले ठिक ढंगले पहिचान गर्नुपर्छ।’
सम्मानित नेता खनालले एमालेसँगको भिन्नतालाई स्पष्ट पारेर मात्रै पार्टीलाई अघि बढाउन सकिने पनि बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .