ad ad

राजनीति


एमाले व्यक्ति पूजामा छ, माओवादीको उमेर पुगेको छैन : घनश्याम भुसाल (भिडिओ)

एमाले व्यक्ति पूजामा छ, माओवादीको उमेर पुगेको छैन : घनश्याम भुसाल (भिडिओ)

नेपालखबर
जेठ २७, २०८१ आइतबार १४:१२, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले नेपालमा समाजवाद ल्याउन नसक्ने बताएका छन्।

आइतबार काठमाडौँमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेकपा एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको जिकिर गरे। 

नेकपा एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने बताउँदै उनले नेकपा (माओवादी केन्द्र) को समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लाग्ने पनि बताए।

‘सारा क्रान्ति नेकपा एमालेले गर्दैन, किनभने त्यो नगर्नका लागि बनेको पार्टी हो। त्यो एक हिसाबले व्यक्ति पूजा। आगामी दिनमा व्यक्तिपूजाको अझै ठूलो प्रयत्न गर्नेछ। यसकाबिरुद्धमा प्रयत्न हुनेछ र यही वरपर लाग्नेछ। माओवादीले यो कुरा बुझ्न अझै धेरै समय लाग्छ,’ भुसालले भने, ‘उसको त्यो हिसावले सिद्धान्त बुझ्ने उमेर भएको छैन। नेकपा (माओवादी केन्द्र) को उमेर पुगेको छैन। उसले धेरै समय लगाउँछ। हाम्रो यो सानो पार्टी नेकपा (एकीकृत समाजवादी) का काँधमा ठूलो र गम्भीर जिम्मेवारी छ।’

भिडिओ:

नेपालमा समाजवादी क्रान्ति नेकपा (एकीकृत समाजवादी) ले मात्रै ल्याउनसक्ने बताउँदै उनले पार्टीको १० औं महाधिवेशनले समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्ने बताए।

‘यदी हाम्रो नवौं महाधिवेशनले त्यो गलत निर्णय गरेको हुँदैन थियो भने आज समाजवादी जुन कार्यक्रम हामीले बनाएका छौँ, २०७५ सालमा नेपाली विशेषताको कार्यक्रम बनिसकेको हुन्थ्यो। कमरेड माधवकुमार नेपालले जितेको भए। हामीले ५ महिना पाएको भए हामीले त्यतिबेलै कार्यक्रम ल्याउने थियौँ। त्यो काम ०७५ सालमा गर्नु पर्दथ्यो, अहिले २०८१ मा हामी गर्दैछौँ। मुलुकले भयंकर ठूलो क्षति व्यहोरेपछि नेकपा (एकीकृत समाजवादी) ले आज गर्दैछ,’ भुसालले भने, ‘यो सारा काम यो महाधिवेशनले एकै पटक गर्दैन। हाम्रा प्रयत्न सार्थक भएका छन्, सफल भएको छैनन्।  पुनःगठन र रुपान्तरणको प्रयत्न सार्थक हुन सकेको छैन, त्यो साँचो हो। विज्ञानमा प्रयत्न गर्नुको औचित्यहिनता कतै हुँदैन। यो महाधिवेशनबाट कतै न कतै समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्छ।’ 

महासचिव भुसालले समाजवादी क्रान्तिका योजना र कार्यक्रमहरु २०७५ सालमै गर्नुपर्ने भएपनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पार्टीको नवौं महाधिवेशनमा पराजित हुँदा सम्भव नभएको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .