ad ad

राजनीति


प्रदेशलाई तारो बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

प्रदेशलाई तारो बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १२:१६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशलाई लक्ष्य बनाएर लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको बताएका छन्। 

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

संघीय लोकतान्त्रिक गणतन्त्र वा संविधान सभाबाट निर्मित संविधानलाई कमजोर पार्न चाहने प्रवृत्तिहरू प्रदेशलाई तारो बनाएर, प्रदेश चाहिँदैन भन्ने भ्रम जनातामा छरेर संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरिहरेको प्रधानमन्त्री प्रचण्डले बताए।

‘जसले यो संघीय लोकतान्त्रिक गणतन्त्र वा संविधान सभाबाट निर्मित संविधानलाई कमजोर पार्न चाहन्छ, उनीहरूको आक्रमणको तारो प्रदेश भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तारो, कहाँबाट सुरु गर्ने भन्दा प्रदेशलाई डिफेम गरेर प्रदेशलाई कमजोर पारेर, प्रदेशको आवश्यकता छैन, बेकार खर्च मात्रै भन्नेखालको जनताका कन्फ्युजन क्रिएट गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको छ।’

उनले सबैको प्रयास सकेसम्म प्रदेश, स्थानीय तहलाई बलियो बनाएर सबै ठिक छ भन्ने प्रमाणित गर्नुपर्नेमा रहनुपर्ने पनि बताए।

अहिलेको राजनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बलियो बनाउने, विद्यमान संविधानलाई अझै परिमार्जन, परिष्कृत, गर्दै अघि जाने पक्षमा एउटा र अर्को प्रवृत्ति संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र पछाडितिर लैजानेमा उद्धत रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। 

‘अहिलेको राजनीतिक सन्दर्भमा दुई वटा प्रवृत्तिहरु एउटा त संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गरेर लैजाने, विद्यमान संविधानलाई अझै परिमार्जन, परिस्कृत, गर्दै अघि जाने भन्ने एउटा ट्रेन छ। राजनीतिक प्रवृत्ति छ। अर्को ट्रेन यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र पछाडितिर लैजाने, इतिहासलाई, राजनीतिक घटनाक्रमलाई पछाडितिर धकेल्ने अर्को ट्रेन छ। यो दुई वटा प्रवृत्तिको बीचमा कहिले खुला खालले बहस हुन्छ र कहिले विभिन्न रुपमा चलिरहेको छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले संघीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्‍याउन आफूले पहल गरिरहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .