ad ad

कला


‘लन्डन टु पेरिस’ को प्रिमियर शो

‘लन्डन टु पेरिस’ को प्रिमियर शो

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १२:२३, काठमाडौँ

आजबाट रिलिज भएको फिल्म ‘लन्डन टु पेरिस’को बिहीबार साँझ काठमाडौँमा ग्य्रान्ड प्रिमियर गरिएको छ। 

प्रिमियरमा सिनेमाकर्मीले सिनेमाको कथावस्तु मनपराएको भन्दै सकरात्मक प्रतिक्रिया दिएका छन्। 

निर्देशक शोभित बस्नेतले ठूलो बजेटमा विदेशमा पनि राम्रो नेपाली सिनेमा बनाउन सकिन्छ भन्ने उदाहरण ‘लन्डन टु पेरिस’ले दिएको बताए। 
निर्देशक घनश्याम लामिछानेले एउटा राम्रो प्रेमकथालाई सिनेमामा आफूले भनेको बताए। उनले सिनेमा विदेशमा खिचिए पनि त्यो नेपालीकै कथा भएको बताए। 

फिल्मका लेखक प्रदीप भारद्वाजले लेखकका रुपमा लेखेका कुरा प्राविधिक रुपमा केही तलमाथि भए पनि सिनेमा राम्रो बनेको सुनाए। ‘सिनेमा हेरिरहँदा यस्तो अथवा उस्तो हुनुपर्ने भन्ने कुरा आइहाल्छ। तर यो सिनेमा विदेशमा भएर सफल जीवन बिताइरहेका नेपालीको कथा भएकाले सबैलाई छुन्छ भन्नेमा विश्वस्त छु’, उनले भने ।

यो सिनेमाबाट अभिनेताका रुपमा डेब्यू गरेका निश्चल खड्काले सानैदेखि आफूलाई हिरोका रुपमा पर्दामा हेर्न चाहेको कुरा अहिले आएर पुरा भएको बताए। ‘आफूलाई पर्दामा देख्दा भावुक पनि भएँ। फिल्म हेर्नुहुनेले राम्रो भनी प्रतिक्रिया दिइरहनुभएको छ। खुसी लागिरहेको छ’, उनले भने।

घनश्याम लामिछाने निर्देशित सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ। यस फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कवीर खड्का र गरिमा शर्मा मुख्य भूमिकामा छन्। निश्चलसहित गरिमाले यसै फिल्मबाट डेब्यू गर्दै छन्।

फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। अमीत बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रूपमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .