ad ad

राजनीति


मेलम्ची आयोजनाको नयाँ हेडवर्क्स बन्ने, यी हुन् मन्त्रिपरिषदका १० निर्णय

मेलम्ची आयोजनाको नयाँ हेडवर्क्स बन्ने, यी हुन् मन्त्रिपरिषदका १० निर्णय

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १९:४३, काठमाडौँ

सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना बनाउने भएको छ।

बिहीबार (२४ जेठमा) बसेको मन्त्रिपरिषद बैठकले मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा नयाँ हेडवर्क्स र थप संरचनानिर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो।।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
१) प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने।

२) लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
३) हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने।
४) औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओलीलाई नियुक्त गर्ने।
५) मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने।
६) अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने।
७) जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १) बमोजिमका ५२ रोगहरुलाई सङ्क्राम रोगहरुको रुपमा तोक्ने।
८) जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने।
९) ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने।
१०)  भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेशिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी एघार जना राजदूतलाई फिर्ता बोलाउने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .