ad ad

बागमती


चितवनको सीजी सिनेमाजमा क्यूएफएक्स हल सञ्चालन

चितवनको सीजी सिनेमाजमा क्यूएफएक्स हल सञ्चालन

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १९:५९, हेटाैँडा

चितवनको सीजी सिनेमाजमा क्यूएफएक्स हल सञ्चालनमा ल्याएको छ। सीजी सिनेमाजले बिहीबारबाट क्यूएफएक्सले हल सञ्चालनमा ल्याएको हो। यो सँगै देशभर क्यूएफएक्स सिनेमाजको पर्दा संख्या ४० र हल संख्या १७ पुगेको छ।

पोखराको सिनेप्लेक्स र ती हलका सञ्चालक र क्यूएफएक्सको माउ कम्पनी टिम क्वेस्ट इन्टरटेनमेन्ट प्रालिका निर्देशक भाष्कर ढुंगानाबीच केही दिनअघि भएको लिखित सम्झौता अनुसार क्यूएफएक्सले हल सञ्चालनमा ल्याइएको बताइएको छ।

क्यूएफएक्स हलको उद्घाटन गर्दै निर्देशक ढुंगानाले क्यूएफएक्स एउटा नेपाली ब्रान्ड बनेको बताए। क्यूएफएक्स अहिले विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्दै देशका विभिन्न जिल्लामा सञ्चालनमा ल्याउन सफल भएको उनले बताए।

‘क्यूएफएक्सको बढ्तोरीसँगै नेपाली सिनेमाको पनि बढोत्तरी भैरहेको छ, ‘निर्देशक ढुंगानाले भने, पहिले साधारण हलहरु मात्रै हुँदा १ करोड, २ करोडको व्यापार थियो भने अहिले २० देखि २५ करोडसम्मको व्यापार हुन थालेको रेकर्ड बनिरहेको छ। क्यूएफएक्ससँग सम्झौता भएपछि प्राविधिक पाटो देखि स्क्रिनको समेत क्वालिटी बढ्छ। यहाँ पनि हामी धेरै कुराको सुधार गर्नेछौं।’

यस हलमा दुईवटा पर्दा छन्। यता, क्यूएफएक्ससँग सहकार्य गर्दा दर्शकहरुको संख्या उल्लेख्य बढ्ने अपेक्षा रहेको हलका कार्यकारी निर्देशक कमल चौधरीले बताए।

क्यूएफएक्समा दर्शकले नयाँ हलमा पनि मोबाइल एपबाट अनलाइन टिकेटिङ र अनलाइन फुड खरिद गर्न सक्ने उल्लेख गरेको छ। योसँगै काठमाडौंमा क्यूएफएक्सका हलको संख्या ७ र उपत्यकाबाहिर १० पुगेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .