ad ad

राजनीति


शान्ति प्रक्रियाको बाँकी काम यथाशिघ्र टुङ्ग्याउनुपर्छ : सांसद चौधरी

शान्ति प्रक्रियाको बाँकी काम यथाशिघ्र टुङ्ग्याउनुपर्छ : सांसद चौधरी

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १४:११, काठमाडौँ

नेकपा(माओवादी केन्द्र) की सचेतक रुपा सोशी चौधरीले शान्ति प्रक्रियाका बाँकी कामलाई सहमतीबाट यथाशिघ्र टुङ्ग्याउनुपर्ने बताएकी छिन्। 

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सोशीले शान्ति प्रक्रियाको बाँकी काम यथाशिघ्र टुङ्ग्याउनुपर्ने बताएकी हुन्।

उनले संविधान बनेको लामो समय बितिसक्दा पनि यो काम टुंगिन नसकेको भन्दै पटक–पटक संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक रोकिएको बताइन्।

साथै, सहमतीबाट छिटो टुङ्ग्याउनको लागि सरकारको ध्यानाकर्षण पनि गराइन्। 

‘शान्ति प्रक्रियासँग सम्बन्धित टिआरसीको विषयलाई म एकचोटी पुनः यो संसदमा बोल्न चाहन्छ।  शान्ति प्रक्रिया अब टुंगिन्छ कि भन्ने हुँदाहुँदै पनि फेरि पनि रोकिने क्रम जारी रहेको छ। सरकारलाई आग्रह गर्न चाहन्छु, अब यसलाई विलम्व नगरी सहमतीय प्रणालीबाट यथाशीघ्र टुङ्ग्याउने प्रक्रियातिर ध्यान जाओस्,’ उनले भनिन्।

सचेतक चौधरीले विपद् पूर्वतयारी व्यवस्थापनका लागि पनि सरकारको ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .