ad ad

राजनीति


विपिन जोशी चाँडै रिहा हुने इजरायली राजदूतको विश्वास

विपिन जोशी चाँडै रिहा हुने इजरायली राजदूतको विश्वास

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १२:४५, काठमाडौँ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शिष्टाचार भेटघाट भएको छ।

आज मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको बताउँदै हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरिन्।

इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उनले नेपालको कृषिको विकासमा सघाउन आग्रह पनि गरिन्।

विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताको सह्राहना गर्दै उनले नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने धारणा पनि राखिन्। इजरायल सरकारले नेपाली युवा, खासगरी महिलालाई केयरगिभर सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकोप्रति उनले धन्यवाद व्यक्त गरिन्।

यसैबीच, भेटका क्रममा राजदूत गोडरले विपिन जोशी छिट्टै रिहा हुने विश्वास व्यक्त गरे। गोडरले जोशीका परिवारलाई आइतबार भेट्न जाने कार्यक्रम रहेकोसमेत बताए।

नेपालमा समानता, सशक्तीकरण, निर्णायक तहमा महिलाहरूको पहुँचका विषयमा इजरायलले नेपालबाट सिक्नुपर्ने उनको भनाइ थियो।

जम्मा केयर गिभरमध्ये ७० प्रतिशत महिला केयर रहेको बताउँदै राजदूत गोडरले इजरायलको विकासमा नेपाली श्रमिकले पुर्‍याएको योगदानको प्रशंसा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .