ad ad

राजनीति


आज पनि बस्दै प्रतिनिधिसभाको बैठक, यी हुन् सम्भावित कार्यसूची

आज पनि बस्दै प्रतिनिधिसभाको बैठक, यी हुन् सम्भावित कार्यसूची

फाइल तस्बिर


नेपालखबर
जेठ २४, २०८१ बिहिबार ९:६, काठमाडौँ

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु हुने संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल अनुमोदनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ।

त्यसैगरी अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

त्यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८’ छलफल र पारितका लागि प्रस्ताव गर्नेछिन्। 
हेर्नुहोस् आजको सम्भावित कार्यसूची

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .