ad ad

राजनीति


राष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्री मातहत राख्नुहुन्न : सांसद बस्नेत

राष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्री मातहत राख्नुहुन्न : सांसद बस्नेत

नेपालखबर
जेठ २३, २०८१ बुधबार १६:१९, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद जितजंग बस्नेतले राष्ट्रिय शतर्कता केन्द्रलाई प्रधानमन्त्री मातहत राख्न नहुने बताएका छन्।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्रीको दबाब झेल्नुपर्ने हुनाले भ्रष्टाचार निवारणको क्षेत्रमा काम गर्न नसकेको जिकिर पनि गरे।

सांसद बस्नेतले सो केन्द्रलाई स्वतन्त्र भूमिकामा नल्याएसम्म उसले काम गर्न नसक्नेतर्फ पनि सरकारलाई सचेत गराए।

उनले भने, ‘राष्ट्रिय सतर्कता केन्द्रलाई स्वतन्त्र रुपमा लैजानुपर्छ। भ्रष्टाचार निर्मूलनै गर्ने हो, सुशासन नै दिने हो, देश बनाउने हो भने यो सतर्कता केन्द्रलाई स्वतन्त्र भुमिकामा लग्नुपर्छ। सकेसम्म हामीले यसलाई संवैधानिक भूमिकामा नै लगेपनि हुन्छ।’

उनले थपे, ‘अर्को कुरा हाम्रो नैतिकताका पूरा खडेरी छ। दाग लागेका मान्छेहरु त्यो ठाउँमा पुग्छौं। अख्तियार प्रमुखमाथि नै यस्ता धेरै केशहरु छन्। तर उहाँ त्यहाँ हुनुहुन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .