ad ad

राजनीति


पहिलोपटक संसद्को रोस्ट्रममा उभिएर सुहाङले भने– बुवालाई यहीँ कतै देखिरहेको छु

पहिलोपटक संसद्को रोस्ट्रममा उभिएर सुहाङले भने– बुवालाई यहीँ कतै देखिरहेको छु

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १६:२५, काठमाडौँ

नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पहिलोपटक संसद्‌मा सम्बोधन गरेका छन्। मंगलबार बजेटमाथिको छलफलमा भाग लिने क्रममा उनले पहिलोपटक संसदललाई सम्बोधन गरेका हुन्। 

मंगलबार बजेटमाथि छलफल चलिरहेपछि सांसद नेम्बाङले आफ्नो पहिलोपटक भएको भन्दै सुरुमै उनले अन्य विषयमा पनि बोल्ने छुट हुने आशा राखे।

‘आज म पहिलोपटक संसद्को रोस्ट्रममा उभिएर बोलिरहेको छु। आज मलाई बजेटबाहिर रहेर पनि बोल्न पाइन्छ भन्ने लागेको छ,’ उनले भने। 

त्यसपछि उनले आफूलाई जिताएर पठाउने इलामका जनताप्रति आभार व्यक्त गरे। 

भिडिओ

‘आज म इलामेलीवासीको कारणले छु। त्यसकारण मलाई विजयी गराएर पठाउने अति आदरणीय समुदायप्रति आभार प्रकट गर्दछु,’ सांसद नेम्बाङले भने। 

लगत्तै, संसदको रोस्ट्रममा उभिएका नेम्बाङले बुवा सुवासचन्द्र नेम्बाङको सम्झना गरे। 

‘भदौ २६ को अप्रिय घटनापश्चात म उपनिर्वाचन पश्चात पहिलो पटक जब संसद्मा छिरे र उभिएर बोलिरहेको छ, मलाई लागिरहेको छ, बुवा यहाँ कतै हुनुहुन्छ। बुवालाई सम्झिएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु,’ उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .