ad ad

राजनीति


जसपा, नेपालको महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्कियो

जसपा, नेपालको महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्कियो

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १४:४२, काठमाडौँ

जनता सामाजवादी पार्टी, नेपालको केन्द्रीय महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्काएको छ। सोमबार रातिको हावाहुरीले महाधिवेशनका लागि तयार गरिएको पण्डालमा क्षति पुर्‍याएको हो।

वर्षाको कारण जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित तिरहुतिया गाछीमा महाधिवेशनको लागि बनाइँदै गरेको पण्डालमा क्षति पुगेको बताइएको छ।

एक महिनाभन्दा बढी समयदेखि पण्डाल लगाउने काम सुरु गरिएकोमा महाधिवेशनको एक साता मात्र बाँकी रहेको समयमा पण्डालमा हावाहुरीले क्षति पुगेको हो।

हावाहुरीको कारण गाडिएको बाँसहरू ढलेको छ। टेन्ट लगाउने ठेक्का लिएका ठेकेदार सञ्जय मण्डलले हावाहुरीको कारण करिव साढे ८ लाख बराबरको क्षति भएको बताए। उनले ६५ लाखमा टेन्ट लगाउने ठेक्का लिएको पनि बताए।

मण्डलका अनुसार पण्डालमा बाँसको पूरै काम भइसकेको थियो। अब त्यसमाथी त्रिपाल लगाउने काम मात्र बाँकी रहेको अवस्थामा भत्किएको हो।

मण्डलले महाधिवेशन अगावै पुनः पण्डाल निर्माणको काम पूरा हुने बताए। जसपा, नेपालको महाधिवेशन जेठ २८, २९ र ३० गते हुँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .