ग्लोबल


बिहारमा नीतिशको शक्ति कायमै, गठबन्धन फेरेर प्रधानमन्त्री बन्न सुझाव

बिहारमा नीतिशको शक्ति कायमै, गठबन्धन फेरेर प्रधानमन्त्री बन्न सुझाव

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १४:४७,

बिहारमा नीतिश कुमारको प्रभाव कायमै देखिएको छ। ४० मध्ये उनको जनता दल युनाइटेड (जदयु) १४ सिटमा अगाडि छ। भाजपा १३ सिटमा अगाडि छ। यी दुवै पार्टी सत्तारुढ एनडीए गठबन्धनका घटक हुन्।

विपक्षी गठबन्धन भने यहाँ कमजोर देखिएको छ। इन्डिया गठबन्धनले यहाँ मात्र ९ सिटमा अग्रता लिएको छ।

२०१९ को चुनावमा यहाँका ४० मध्ये ३९ सिट सत्तारुढ एनडीएले जितेको थियो। भाजपाले १७ सिट जित्दा जदयुले १६ सिट हात पारेको थियो।

कंग्रेसले मात्र १ सिटमा चित्त बुझाउनु परेको थियो।

तर, यसपटक बारम्बार गठबन्धन बदलेका नीतिशको बदनामीका कारण उनलाई सिट संख्यामा ठूलो क्षति पुग्ने विश्लेषण चुनावअघि गरिएका थिए।

तर, नतिजाले त्यस्तो देखाएको छैन।

उनको पार्टी महत्त्वपूर्ण शक्तिका रूपमा कायम रहने देखिएको छ। त्यसमाथि भाजपाले एकल बहुमत गुमाउने देखिएपछि सामाजिक सञ्जालमा नीतिश कुमार प्रधानमन्त्री बन्न सक्ने ठट्टा चल्न थालेको छ। 

कतिपयले सामाजिक सञ्जालमार्फत उनलाई गठबन्धन फेरेर प्रधानमन्त्री बन्न सुझाव दिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad