ad ad

राजनीति


गणतन्त्ररुपी गाडीको तेल सकिसक्यो, गन्तव्यमा पुग्दैन : सांसद पाण्डे

गणतन्त्ररुपी गाडीको तेल सकिसक्यो, गन्तव्यमा पुग्दैन : सांसद पाण्डे

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १४:३७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राखेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद पाण्डेले गणतान्त्रिक व्यवस्थाले गन्तव्यमा पु¥याउन नसक्ने भन्दै राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने बताएका हुन्।

उनले गणतन्त्ररुपी गाडीको तेल सकिइसकेकाले गन्तव्यमा पुग्न नसक्ने टिप्पणी गर्दै बजेट वक्तव्य माछो माछो भ्यागुतो जस्तो हुने टिप्पणी गरे। 

उनले गणतन्त्रको विकल्प खोजेर अगाडी बढ्नुपर्ने बताउँदै यसो भएमात्रै देशलाई समस्याबाट मुक्त गर्न सकिने उनको भनाइ छ।

‘बजेट भाषणमा जे परेपनि नपरेपनि हुने कुरा केही पनि छैन। टाँइटाँइ फिस भनेजस्तो माछा माछा भ्यागुतो हुनेजस्तो छ अरु कुराहरू केही देखिदैनँ। त्यसैले गर्दा यो देशमा राष्ट्रिय सहमतीको साथ आफूले गरेका गल्तीहरुलाई स्वीकारेर तुरुन्तै राष्ट्रिय सरकार गठन गरेर अगाडी बढेनौँ भने यो देशमा गणतन्त्ररुपी गाडीको तेल सकिइसकेको अवस्था छ,’ उनले भने, ‘गन्तव्यमा पुग्न नसक्ने अवस्था छ। यति हुँदाहुँदै पनि हामीले किन चेत्दैनाँै र किन नयाँ सोचका साथ हामी अगाडी बढ्दैनौँ। यसको लागि म सम्पूर्ण दलका नेताहरुलाई निवेदन गर्न चाहान्छु यो समस्याबाट देशलाई मुक्त गर्न अगाडी बढ्नको लागि अनुरोध गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .