ad ad

राजनीति


बालेनलाई काम गर्न दिनुपर्छ : सांसद भण्डारी

बालेनलाई काम गर्न दिनुपर्छ : सांसद भण्डारी

नेपालखबर
जेठ २१, २०८१ सोमबार १७:३५, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र साहको काममा अवरोध गर्न नहुने बताएका छन्। 

एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको न्युरोडस्थित सडक पेटी बिस्तार गर्न नदिएको आरोप लगाईरहेका बेला कांग्रेस सांसद भण्डारीले मेयर साहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने टिप्पणी गरेका हुन्। 

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा उनले मेयर शाहमा केही गरौं भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताए। साथै, उनले सांसद भण्डारीले गिरीबन्धु टि स्टेट प्रकरण छानविन गरी दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए।

‘गिरीबन्धु कसले गर्‍यो? यो अनुसन्धानको विषय हो। गिरीबन्धुहरूको कारणले धेरै नेपालीहरू ठगिएका छन्। जसरी सहकारीमा ठगिएका छन्। यसको रकम छिटोभन्दा छिटो फिर्ता गरिनु पर्छ। र गलत गर्नेलाई कारबाही पनि गर्नुपर्छ,’ उनले भने, ‘दोस्रो कुरा जुन बालेनहरू नयाँ जेनेरेशन आएका छन्। उसलाई केही गरौं भन्ने हुटहुटी छ। हामीले त्यो काम गर्न दिनुपर्छ। आफूले पनि नगर्ने, आफूले पनि नजिक भएको फोहोर नदेख्ने, नयाँ जेनेरेशन आएर उसले गर्छु, नजिक फोहोर छ मैले फ्याँक्छु। मैले विश्वको शहरहरुजस्तो बनाउँछु भन्छ भने उसलाई पनि हामीले निरुत्साहित गर्नुहुँदैन। र काम गर्न दिनु पर्छ। म युवा जेनेरेशनको पक्षमा छु। तर धेरै बोल्ने, नचाहिने कुरा गर्ने, आपसमा द्वन्द्व गर्नेहरुको पक्षमा होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .