ट्रम्प गुजरात राज्यको अहमदाबादमा अवतरण गरिसकेको बीबीसीले जनाएको छ।
ट्रम्प आफ्नी श्रीमती अमेरिकी फर्स्ट लेडी मलेनिया ट्रम्पसँग भारत भ्रमणमा आएका छन्।
ट्रम्प आफ्नो राष्ट्रपतीय कार्यकालमा पहिलोपटक भारत भ्रमणमा आएका हुन्।
यसअघि गतवर्ष हुने तय भएको ट्रम्पको भ्रमण अमेरिका र भारतबीचको व्यापार युद्धका कारण ट्रम्पले भारत भ्रमण गर्न अस्वीकार गरेका थिए।
ट्रम्पलाई स्वागत गर्न मोदी विमानस्थल पुगेका थिए।
#TrumpIndiaVisit: PM @narendramodi welcomes President #DonaldTrump as he arrives on two-day visit to India
For regular updates and continued coverage of #NamasteTrump event, Watch
DD India - https://t.co/m7a3HtFnfO pic.twitter.com/Xlh0iCS8mQ
भारत पुग्न अगाडि ट्रम्पले हिन्दी भाषामा ट्वीट गरेर ‘केहीबेरमा भेटौला’ भनेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्रम्पको ट्वीट रिट्वीट गरेर ‘अतिथि देवो भव’ भन्दै ट्वीट गरेका थिए।
भारत भ्रमणमा ट्रम्प र मलेनियासँगै छोरी इभान्का ट्रम्प र उनका ज्वाँइ ज्यारेड कुस्नर पनि भएको बताइएको छ।
ट्रम्पको दुईदिने भ्रमणका क्रममा भारत र अमेरिकाबीच महत्वपूर्ण व्यापार सम्झौता हुने अनुमान गरिएको छ।
केहीबेरमै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै ‘नमस्ते ट्रम्प’ कार्यक्रममा भाग लिनेछन्।
अतिथि देवो भव: https://t.co/mpccRkEJCE
— Narendra Modi (@narendramodi) February 24, 2020कार्यक्रम मोतेरा स्टेडियममा हुनेछ। आजै ट्रम्प आग्रा जानेछन्। जहाँ ट्रम्प र मलेनियाले ताज महलको भ्रमण गर्नेछन्। ट्रम्प सोमबार नै दिल्ली पुग्नेछन्।
एएनआइका अनुसार मंगलबार ट्रम्प र मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। ट्रम्पले मोदीसँगै राष्ट्रपति रामनाथ कोविन्द, भारतीय विदेशमन्त्री एस जयशंकर र उपराष्ट्रपति भेनकाय नाइडुसँग पनि भेटवार्ता गर्नेछन्।



प्रतिक्रिया