ad ad

राजनीति


सहकारी ठगलाई कारबाही गर्ने कुरा माछो माछो भ्यागुतो हुन सक्छ : केसी

सहकारी ठगलाई कारबाही गर्ने कुरा माछो माछो भ्यागुतो हुन सक्छ : केसी

फाइल तस्बिर


नेपालखबर
जेठ २०, २०८१ आइतबार १३:५९, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य नभएको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले सहकारी ठगहरुलाई जोगाएमा गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य नभएको बताएका हुन्। 

‘जिम्मेवार ठाउँमा बसेका मान्छेले नै लाजमर्ने किसिमले रोष्टमबाटै तँ पनि फलानोमा परेको छस् भनेर आफ्नो कर्तुतलाई जोगाउने। त्यहाँबाट उम्काउने र राज्यसत्तामा निर्णायक तहमा बसेका मान्छेहरुले जुनखालको गतिविधि देखियो यसले के बुझिन्छ भने यो समितिले पनि पहिलेका समितिलेझैँ सहकारीबाट ठगिएका जनतालाई माछो माछो भ्यागुतो गराउँछन् भन्ने कुरामा स्वयं सहकारीबाट ठगिएका जनताले त्यही बुझिराखेका छन्,’ केसीले भने।

छानबिनका लागि बनाएको संसदीय समितिले पनि दोषीलाई उम्काउने देखिएको भन्दै दुधको दुध पानीको पानी हुनेगरी छानविन गर्नुपर्ने उनले बताए। सहकारी ठगहरूलाई जनताले देख्नेगरी कारबाही गर्नुपर्ने उनको भनाइ थियो। 

‘म सरकारलाई भन्छु सहकारी ठगहरुलाई जसरी जोगाउने काम भयो अहिले पनि सरकार जोगाउने नाममा सहकारीमा किटानी साथ नेपाली जनताले संसदमा उठाएको आवाजलाई दबाउने हो भने यो गणतन्त्र, लोकतन्त्रको कुनै औचित्य नभएको कुरा नेपाली जनताले महसुस गरेका छन्। तथ्य दुधको दुध, पानीको पानी हुनेगरी ठगहरूलाई जनताले देख्नेगरी कारबाही गरोस्,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .