ad ad

राजनीति


बालुवाटारमा कार्यदलको बैठक जारी

बालुवाटारमा कार्यदलको बैठक जारी

नेपालखबर
जेठ १४, २०८१ सोमबार १०:५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रमुख दलका नेता सहभागी कार्यदलको बैठक बालुवाटारमा सुरु भएको छ। 

सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) बारे सहमति जुटाउन प्रमुख दलका नेता सम्मिलित कार्यदलको बैठक बालुवाटारमा बसेको हो। 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार सहभागी छन्। 

त्यसैगरी एमालेबाट कानुनमन्त्री पदम गिरि र महेश बर्तौला, माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन र हितराज पाण्डे, रास्वपाबाट पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछाने, नेता स्वर्णीम् वाग्ले र सन्तोष परियार लगायतका नेता सहभागी छन्। 

संसदको प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरण छानबिन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने र त्यसमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने अडान राख्दै आएको छ। 

भोलि (जेठ १५ गते) आगामी आर्थिक वर्षको बजेट ल्याउनुअघि नै प्रधामन्त्री प्रचण्डले विपक्षी दलसँग सहमति गरेर संसदको अवरोध हटाउने प्रयास गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .