ad ad

राजनीति


संसद बाहिरबाट बजेट ल्याउने सोच छैन : अर्थमन्त्री

संसद बाहिरबाट बजेट ल्याउने सोच छैन : अर्थमन्त्री

नेपालखबर
जेठ १३, २०८१ आइतबार १८:०, काठमाडौँ

अर्थमन्त्री वर्षमान पुनले सरकारले संसद बाहिरबाट बजेट पेस गर्ने सोच नभएको बताएका छन्। 

आइतबार प्रतिनिधि सभा बैठकपछि संसदभवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनलेसरकारले संविधानको दिशानिर्देश अनुसार नै संसदमा शान्तिपूर्ण ढङ्गले बजेट पेस गर्ने तयारी रहेको बताए। 

‘सरकारले संसदमा बजेट पेस गर्न नसक्ने भएपछि जेठ १५ गते गणतन्त्र दिवसकै दिनमा बजेट ल्याउन सवैधानिक व्यवस्था गरेका छौँ। त्यसमा सरकारले मार्सल लगाउनुपर्ने संसद बाहिर बजेट पेस गर्ने सोचेका छैनौं। संविधानले जे दिशा निर्देश गरेको छ त्यो अनुसार शान्तिपूर्ण ढङ्गले बजेट पेस गर्छौं,’ उनले भने।

अर्थमन्त्री पुनले बजेटमा बेलाबेलामा राजनीति भएकाले संसदमा बजेट पेस गर्न नसक्ने भएपछि जेठ १५ गते गणतन्त्र दिवसकै दिनमा बजेट ल्याउन संवैधानिक व्यवस्था गरेको पनि बताए।

संविधानले लिएको कार्यादेश अनुसार जेठ १५ गते संसदमा बजेट पेस गरिने बताउँदै उनले प्रमुख प्रतिपक्षको मागलाई सरकारले सम्बोधन गर्दा समेत संसद अवरुद्ध गर्ने काम अशोभनिय भएको बताए।

नेपाली कांग्रेस संसदीय छानविन समिति बनाउने सहमति भएर सरकार लचिलो भएपछि अरु तपशिलका विषयमा अल्झिराख्नु उपयुक्त नहुने पनि बताए। 

‘संसदीय छानविन समिति बनाउने सहमति भएर सरकार लचिलो भएपछि अरु तपशिलका विषयमा अल्झि राख्नु उपयुक्त छैन। कांग्रेसले संसद खोल्न नचाहेको बुझिएको छ। समिति गठन गर्ने सरकारले भनेपछि समितिमा उहाँहरुको प्रतिनिधि पनि हुनुहुन्छ,’ उनले भने, ‘समितिले कुनै व्यक्ति माथि छानविन गर्दा दोषी देखिँदा सरकारले छाड्दैन। त्यसैले त्यो भन्दा पहिला उहाँहरुले दोषी करार गर्ने पूर्वाग्रह देखाउनुभएको छ। त्यो शोभनिय छैन। खास गरी उहाँहरुको माग पूरा भइसेको छ। संसदमा बजेटमा बेलाबेलामा राजनीति भयो।’

उनले संसदीय छानविन समिति व्यक्ति केन्द्रित नहुने बताउँदै उनले कुनै व्यक्तिलाई पहिला नै दोषी ठहर गरेर समिति बनाउने पक्षमा सरकार नरहेको उल्लेख गर्दै समितिको छानविनबाट दोषी भए जो कोहीलाई कारबाही सरकारले गर्ने पनि बताए।

‘सरकारले ल्याएको नीति तथा कार्यक्रम लोकतान्त्रिक रुपमा संसदमा छलफल गरेर संसदमा उठेका सांसदहरुको आवाजहरुलाई सम्बोधन गर्ने सरकारको सोच थियो। त्यस प्रकारकारे वातावरण बनेन। त्यसमा प्रमुख प्रतिपक्ष दल लगायतका साथीहरुले संसद अवरुद्ध गरिराख्नु भयो। यो लोकतन्त्रको लागि शोभनिय विषय होइन। सरकार आफ्नो तर्फबाट लचिलो भएर काम गरिरहेको छ। प्रतिपक्षले उठाएका विषयहरुलाई सम्बोधन गर्ने कोशिस गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .