ad ad

राजनीति


कांग्रेसले रवि संलग्न मिडिया र सहकारीको मात्रै छानबिन मागेको हैन : विश्वप्रकाश

कांग्रेसले रवि संलग्न मिडिया र सहकारीको मात्रै छानबिन मागेको हैन : विश्वप्रकाश

काठमाडौँमा आजबाट सुरु भएको सडक आन्दोलनलाई सम्बोधन गर्दै महामन्त्री शर्मा (तस्बिर : सरोज बैजु)


नेपालखबर
जेठ १३, २०८१ आइतबार १६:१०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलक्षित मात्रै छानबिनको विषय नउठाएको दाबी गरेका छन्। 

आइतबार काठमाडौँको भृकुटिमण्डपमा आयोजित सडक आन्दोलनलाई सम्बोधन गर्दै सांसदसमेत रहेका शर्माले गृहमन्त्री रविको मात्रै नभई ७३ लाख सहकारी पीडितको विषय उजागर गर्न लागेको बताए।

‘कांग्रेसले रविमात्रै प्रश्न उठाएको होइन। हामी ७३ लाख मान्छेको विषय उठाइरहेका छौँ,’ उनले भने। 

उनले अघि थपे, ‘कांग्रेस रवि गाँसिएको सहकारी वा मिडिया मात्रै होइन, देशका प्रत्येक सहकारी जहाँ बचतकर्ताले मेरो पैसा फिर्ता चाहियो भनेर भनेका छन्, त्यो फिर्ता हुनुपर्छ भनेर अपेक्षा राखेका छौँ।’

उनले सत्तारुढ दल नेकपा एमालेका कार्यकर्तालाई सहकारी ठग कि पीडितको पक्षमा उभिने भन्दै प्रश्न गरे। 

‘यो कांग्रेसको मात्रै मुद होइन, समग्रको मुद्दा हो। मिडियालाई सोध्न चाहन्छौँ, तपाईं सहकारी पीडितको पक्षमा हो कि होइन, एमालेभित्रका युवालाई पनि सोध्न चाहन्छौँ, तपाईं पीडितको पक्षमा कि ठगहरूको पक्षमा?,’ महामन्त्री शर्माले प्रश्न गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .