ad ad

राजनीति


प्रतिपक्षीको नाराबाजीकैबीच नीति तथा कार्यक्रममाथि छलफल (लाइभ)


नेपालखबर
जेठ १३ , काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकैबीच प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। 

कांग्रेसले वेल घेराउ गर्दै नाराबाजी गरिरहेको छ। नाराबाजीकैबीच सभामुख देवरा घिमिरेले सदनको कार्यसूची अघि बढाएका हुन्। 

सभामुखले समय दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफल प्रस्ताव पेस गरेका छन्। 

सभामुख घिमिरेले विभिन्न संशोधनकर्ताहरूलाई आफ्नो संशोधनबारे भनाइ राख्दै छलफल अघि बढाएका छन्। 

जेठ १३, २०८१ आइतबार १२:३७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .