ad ad

राजनीति


गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न– कांग्रेसका दाजुमाथि छानबिन गर्ने कि भाउजु?

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न– कांग्रेसका दाजुमाथि छानबिन गर्ने कि भाउजु?

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १६:२२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका नेताहरुमाथि लगाइएको आरोपमाथि छानबिन गर्न चुनौती दिएका छन्। 

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले पार्टी सभापतिदेखि महामन्त्रीसम्म र दाजुदेखि भाउजुसम्म छानबिन गर्न तयार रहेको भन्दै कसलाई छानविन गर्ने हो भनि प्रश्न समेत गरे।

‘गृहमन्त्रीजीले संसदमा बोल्दै गर्दा काँग्रेसका सांसद, मन्त्री, प्रधानमन्त्रीमाथि आरोप लगाउनुभयो। को–को माथि छानबिन गर्नुप¥यो? सब छानविन गर्न हामी तयार छौँ। कांग्रेसको सभापतिमाथि छानविन गर्ने कि महामन्त्री माथि? दाजुमाथि छानबिन गर्ने हो कि भाउजुमाथि? मामामाथि छानविन गर्ने हो कि माइजुमाथि?,’ उनले भने।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टी स्टेटको जग्गामा कांग्रेसले कमिसन खाएको आरोप लगाएको भन्दै सो विषयमा छानविन समिति बनाउन चुनौती दिए। 

नेपाली कांग्रेसका नेताहरू छानबिनको दायरामा आउन तयार रहेको बताउँदै उनले गृहमन्त्री रवि लामिछानेले पनि कांग्रेसका नेताहरूमाथि संसदमा बोलेरै आरोप लगाएको भन्दै त्यसमा पनि सबैमाथि छानबिन गर्न आफूहरू तयार रहेको बताए। 

‘हामीमाथि आरोप लगाउनुभएको होइन पूर्वप्रधानमन्त्री केपी ओलीले कि कांग्रेसले गिरिबन्धुको जग्गा बेचेर कमिसन खायो। छानविन समिति त्यसमा पनि बनाऔँ न। हामी त्यसमा तयार छौँ,’ महामन्त्री शर्माले भने। 

महामन्त्री शर्माले प्रत्येक व्यक्तिमाथि नाम, थर, गोत्र, वजन, ठेगाना सबै लेखेर छानविन गरेपनि आपत्ति नभएको बताए।

‘थर, गोत्र, वजन, ठेगाना लेख्नुस्। माइतिपटी लेख्नुस्। ससुरालीपटि लेख्नुस्। गोलाकार शंख र चक्र के–के छन् त्यो पनि लेख्नुस्। लेखिराखेर छानविन गर्नका लागि हामीलाई कुनै आपत्ति छैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .