ad ad

राजनीति


टीओआर कार्यदलमा आज पनि जुटेन सहमति, शुक्रबार बिहान फेरि बस्ने

टीओआर कार्यदलमा आज पनि जुटेन सहमति, शुक्रबार बिहान फेरि बस्ने

नेपालखबर
जेठ १०, २०८१ बिहिबार १८:१४, काठमाडौँ

सहकारीको रकम अपचलनसम्बन्धी छानबिनका लागि बनेको संसदीय समितिको टीओआर (कार्यादेश) मा सहमति जुटाउनेगरी बसेको बैठक विना निष्कर्ष सकिएको छ। 

बिहीबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको टीओआर कार्यदलको बैठकमा सहमति जुटाउनेगरी अधिकतम प्रयास गरिएको भएपनि सहमति भने हुृन सकेन। 

कार्यदलका सदस्य समेत रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, टीओआरबाट थप छलफलका लागि शुक्रबार बिहान साढे ८ बजे पुनः बस्नेगरी आजको बैठक सकिएको हो। 

‘त्यति धेरै नकारात्मक भएन, कांग्रेस अलिकति लचक भएको जस्तो देखिँदैछ,’ उनले भने, ‘यद्यपि अहिले नै सहमति भनेको भएको छैन।’

कांग्रेसले सहकारीहरूको रकम अपचलन तथा हिनामिनामा प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको  समेत संलग्नता रहेको भन्दै छानबिन समितिको माग राख्दै आएको छ। 

कांग्रेसले संसद् पनि चल्न दिएको छैन। बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन लगायत सहकारीको बचत अपचलनमा गृहमन्त्रीको संलग्नता रहेको कांग्रेसको आरोप छ। 

यसबारे समिति बनाउन दलहरू सहमत भएपनि कार्यादेश (टीओआर) मा सहमति हुन नसक्दा संसद्को गतिरोध अन्त्य भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .