नेकपा एकीकृत समाजवादीले संसद्को जारी गतिरोध अन्त्य गर्न पहल गर्ने भएको छ। बिहीबार बसेको पार्टीको सचिवालय बैठकले गतिरोध अन्त्य गर्ने गरी पहलकदमी थाल्ने निर्णय भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार, संसद्को गतिरोध अन्त्यबारे छलफल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिइएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीहरूको रकम अपचलन तथा हिनामिनामा प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै छानबिन समितिको माग राख्दै आएको छ।
कांग्रेसले संसद् पनि चल्न दिएको छैन।
बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन लगायत सहकारीको बचत अपचलनमा गृहमन्त्रीको संलग्नता रहेको कांग्रेसको आरोप छ।
यसबारे समिति बनाउन दलहरू सहमत भएपनि कार्यादेश (टीओआर) मा सहमति हुन नसक्दा संसद्को गतिरोध अन्त्य भएको छैन।
Shares
प्रतिक्रिया