ad ad

राजनीति


कांग्रेसको सडक आन्दोलन : तीन जिल्लामा तोकिए १५ कमान्डर

कांग्रेसको सडक आन्दोलन : तीन जिल्लामा तोकिए १५ कमान्डर

नेपालखबर
जेठ १०, २०८१ बिहिबार १८:३, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबारबाट सहकारीको रकम अपचलनविरुद्ध सडक आन्दोलन गर्दैछ।

गृहमन्त्री रवि लामिछाने पनि सहकारी प्रकरणमा जोडिएको भन्दै संसद् अवरोध गर्दै आएको कांग्रेसले शुक्रबारबाट सडक आन्दोलन गर्ने निर्णय गरेको थियो। जसका लागि कांग्रेसले ३ जिल्लामा १५ जना प्रतिनिधि तोको छ। 

कांग्रेस प्रचार विभागले दिएको जानकारी अनुसार काठमाडौँमा अब्दुल सतार, सीता थपलिया, (उर्मिला), रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डा डिला संग्रौला, सरिता प्रसाईं रहेका छन्।

त्यस्तै, ललितपुरमा उमाकान्त चौधरी, देवेन्द्रराज कँडेल र अर्जुन जोशी तोकिएका छन्।

भक्तपुरमा इन्द्र बानियाँ र गणेश लामा तोकिएका छन्।

कांग्रेसले सहकारीहरूको रकम अपचलन तथा हिनामिनामा प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको  समेत संलग्नता रहेको भन्दै छानबिन समितिको माग राख्दै आएको छ। 

कांग्रेसले संसद् पनि चल्न दिएको छैन। बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन लगायत सहकारीको बचत अपचलनमा गृहमन्त्रीको संलग्नता रहेको कांग्रेसको आरोप छ। 

यसबारे समिति बनाउन दलहरू सहमत भएपनि कार्यादेश (टीओआर) मा सहमति हुन नसक्दा संसद्को गतिरोध अन्त्य भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .