ad ad

राजनीति


कानुन मन्त्रालयमा टीओआर कार्यदलको बैठक

कानुन मन्त्रालयमा टीओआर कार्यदलको बैठक

नेपालखबर
जेठ १०, २०८१ बिहिबार १५:५६, काठमाडौँ

सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको टीओआर (कार्यादेश) बनाउन बनेको कार्यदलको बैठक सुरु भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलका सदस्यहरू छलफलका लागि जुटेका हुन्। 

यसअघि बसेको बैठकले कार्यादेशमा सहमति जुटाउन सकेको थिएन। बैठकले कार्यादेश कस्तो हुने भन्नेबारेमा सहमति जुटाउने प्रयास रहेको नेताहरूले बताएका छन्।

कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम किटेरै राख्नुपर्ने अडान राखेको छ भने सत्तापक्षका दलले नाम तोक्न नहुने जिकिर गरिरहेका छन्। 

यसैबीच बुधबार कांग्रेसले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछाने पदमा बस्न नमिल्ने भन्दै सडक आन्दोलन घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .