ad ad

राजनीति


जनकपुर पुगेर निधिले भने– सिरोहियाको घर मेरै सामुन्नेमा छ, प्रतिशोध राखेर पक्राउ गरियो

जनकपुर पुगेर निधिले भने– सिरोहियाको घर मेरै सामुन्नेमा छ, प्रतिशोध राखेर पक्राउ गरियो

नेपालखबर
जेठ १०, २०८१ बिहिबार १३:४७, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुप (केएमजी)का अध्यक्ष कैलाश सिरोहियालाई सरकारको प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरेको टिप्पणी गरेका छन्। 

बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सिरोहियाको नागरिकतामा कुनै किर्ते नभएको पनि जिकिर गरे। 

‘कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया जनकपुरकै वासिन्दा हुनुहुन्छ। उहाँ वोनाफाइड सिटिजन हुनुहुन्छ,’ निधिले भने, ‘मेरै घरको सामुन्नेमा उहाँको घर छ। उहाँलाई प्रतिशोधपूर्ण तरिकाले सरकारले गिरफ्तार गरेको छ।’

साथै, उनले विमानस्थलबाट सिधै सिरोहियालाई भेट्न आफू प्रहरी कार्यालय पुग्ने पनि बताए। 

‘उहाँलाई जनकपुरमै ल्याइएको छ। म आज उहाँलाई नै भेट्न जानेछु। उहाँप्रति ऐक्यवद्धता जनाउँछु,’ उनले भने। 

त्यस्तै, सिरोहियामाथि लगाइएको आरोप निराधार र त्रुटिपूर्ण रहेको पनि उनले बताए। आफ्नो पार्टी कांग्रेस सिरोहियाको पक्षमा रहेको उनले दोहो¥याए।

‘अनावश्यक रुपमा गिरफ्तारि गरिएको छ। उहाँमाथि लगाइएको आरोप निराधार हुन्। त्रुटिपूर्ण हुन्,’ निधिले भने, ‘यो प्रतिशोधपूर्ण छ, रिहाइ हुनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .