ad ad

बागमती


राति ग्वार्कोमा युवकलाई ठक्कर दिएर भागेको टिपर सीसीटीभीबाट पत्ता लाग्यो

राति ग्वार्कोमा युवकलाई ठक्कर दिएर भागेको टिपर सीसीटीभीबाट पत्ता लाग्यो

ठक्कर दिने टिपर। तस्बिर : जिल्ला प्रहरी परिसर ललितपुरबाट


नेपालखबर
जेठ १०, २०८१ बिहिबार १३:५४, काठमाडौँ

ललितपुरको ग्वार्कोमा बुधबार राति एक युवक सवार मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर र चालकलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ। 

टिपरको ठक्करबाट गम्भीर घाइते भएका सिराहा घर भई काठमाडौँको कोटेश्वरमा बस्ने गरेका ३२ वर्षीय जयनाथ यादवको उपचारका क्रममा राति नै बीएन्डबी अस्पतालमा मृत्यु भइसकेको छ। 

तर ठक्कर दिने गाडी पत्ता लागेको थिएन। 

सीसीटीभी फुटेजका आधारमा यादव सवार ०२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिने बा ३ ख ६६२१ नम्बरको टिपर चालकसहित गोदावरी नगरपालिका ६, गैरीगाउँबाट नियन्त्रणमा लिइएको ललितपुर प्रहरी परिसरका प्रवक्ता, एसपी नरेशराज सुवेदीले जानकारी दिए। 

‘अहिले टिपरसहित चालक गोदावरी नगरपालिका–६ निवासी २६ वर्षीय छोइसाङ तामाङ हाम्रो (प्रहरी परिसर ललितपुरको) नियन्त्रणमा छन्’, एसपी सुवेदीले भने। 

क्षतिपूर्तिका विषयमा अहिले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा पीडित पक्ष र टिपरधनीबीच छलफल भइरहेको उनले जानकारी दिए।  

गाडीको ठक्करबाट मृत्यु भएका व्यक्तिको परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने प्रावधान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .