ad ad

राजनीति


अर्को ढंगले जानुपर्ने हो कि भन्ने अवस्था बनेको छ : माधव नेपाल

अर्को ढंगले जानुपर्ने हो कि भन्ने अवस्था बनेको छ : माधव नेपाल

नेपालखबर
जेठ ८, २०८१ मंगलबार २०:०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरु सुख्द नरहेको बताएका छन्।

मंगलबार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरुमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरुको काम हुने बताए।

उनले हिजो सहमति र सहकार्यका साथ अघि बढेको स्मरण गर्दै त्यसो हुन नसकेको र अब अर्को ढंगले जानुपर्ने अवस्था आउनसक्ने बताए।

उनले भने, ‘हिजो एक किसिमको अवस्था थियो, अवस्थामा परिवर्तन भएको छ, हामीले विभिन्न पार्टीका नेताहरुसँग एक ढंगले संवाद कायम गरेका थियौँ। सहकार्य गर्दै आएका छौँ। अर्को ढंगले जानुपर्ने हो कि भन्ने अवस्था पनि बनेको छ।’

उनले संसदको गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने बताए।

नेता नेपालले भने, ‘संसदमा जुन किसिमका घटनाहरु भइरहेका छन्, ति घटनाहरु वास्तवमा सुखद् छैनन्। त्यसैले वार्ता र संवाद गर्ने कुरामा पनि समाधान खोज्नुपर्छ। अरु स्वार्थमा त्यसलाई मोड्ने काम गर्नु हुँदैन। निजी हितमा सोच्नु हुँदैन।’

अध्यक्ष नेपालले कुनैपनि पार्टीहरु नफुटुन् भन्ने आफूहरुको चाहना रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .