ad ad

राजनीति


टीकापुरको जग्गा २०५३ मा किनेको हुँ, घोटाला २०६८ को कुरा हो : आरजु राणा

टीकापुरको जग्गा २०५३ मा किनेको हुँ, घोटाला २०६८ को कुरा हो : आरजु राणा

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १७:८, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले टीकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताएकी छन्।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद राणाले टिकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताएकी हुन्।

उनले आफूले ०५३ सालमा जग्गा किनेको भएपनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताइन्। उनले पत्रकारहरुलाई  टिकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न पनि आग्रह समेत गरे।

उनले भनिन्, ‘टीकापुरको जमिन तपाईहरु आफैं गएर हेर्न जानुस्। ५० हजार रुपैयाँमा किनेको हो। त्यो सबै रिपोर्ट पनि गरिसकेको छ। मैले किनेको ०५३ सालमा हो। यो घोटाला भएको चाहिँ २०६८ सालपछि हो।’

सांसद राणाले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताइन्। उनले प्रजातन्त्रमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको बताइन्।

उनले भनिन्, ‘गृहमन्त्रीको अभिव्यक्तिलाई मैले कसरी हेर्नु? जनताले कसरी हेरेका छन् त्यो सोध्नुहोस् न। समिति नै नबन्नु चाहिँ कहाँको कुरा हो? यो प्रजातन्त्र हो नि। यो हुकुमी शासन हो र? नेपाली कांग्रेसले जनताको बचाउ जहिल्यै पनि गरेर आएको छ। अहिले पनि हामी गर्ने नै छौँ।’

उनले नेपाली कांग्रेसले जहिल्यैपनि जनताको बचाउ गर्दै आएको भन्दै आगामी दिनमा पनि जनताको बचाउ गर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .