ad ad

राजनीति


नारायणकाजीको सम्पत्ति विवरण : प्रचण्डले दिएको गाडी, गोरखाको सबै जग्गा पार्टीलाई

नारायणकाजीको सम्पत्ति विवरण : प्रचण्डले दिएको गाडी, गोरखाको सबै जग्गा पार्टीलाई

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १६:१८, काठमाडौँ

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफसँग जम्मा १ लाख नगद सम्पत्ति रहेको विवरण बुझाएका छन्। 

गोरखामा रहेको पैत्रिक जग्गा पार्टीलाई बुझाएको घोषणा यसअघि नै गरेको उल्लेख गर्दै उनले सो जग्गा प्रक्रियामा रहेको पनि बताएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाएको सम्पत्ति विवरणमा श्रेष्ठले नगद एक लाख रहेको खुलाएका छन्। 

‘गोरखा सिरानचोक वडा नम्बर ८ मा ३७ रोपनी ३२ आना भन्दा बढीको जग्गा २०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने पघोषणा गरेको र त्यो प्रक्रियामा रहेको,’ श्रेष्ठले बुझाएको सम्पत्ति विवरणमा भनिएको छ, ‘राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १२२९१८ नगद मौज्जाद रहेको छ।’

त्यस्तै, उनले आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रयोगका लागि दिएको बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी रहेको उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .