ad ad

राजनीति


कार्यव्यवस्था बैठकमा सभामुखले भने– प्रधानमन्त्रीले विश्वासको मत लिँदा सहकार्य गरौँ

कार्यव्यवस्था बैठकमा सभामुखले भने– प्रधानमन्त्रीले विश्वासको मत लिँदा सहकार्य गरौँ

नेपालखबर
जेठ ७, २०८१ सोमबार ११:२३, काठमाडौँ

सभामुख देवराज घिमिरेले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेकाले सहकार्य गरेर अघि बढ्न दलहरूलाई आग्रह गरेका छन्। 

प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत दिने कार्यक्रममा अवरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउने बताए। 

‘हामीले आज कस्तो अभ्यास बसाउने, कस्तो परम्परा बसाउने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ,’ सभामुखको भनाइ उदृत गर्दै सचिवालयले भनेको छ, ‘आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अबरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउँदछ।’

उनले संसदीय छानबिन समिति गठनका लागि आवश्यक गृहकार्य पनि भइरहेको बतबाए। 

‘यही बीचमा प्रमुख विपक्षीले हिजो दुई महिनापछि गृहमन्त्रीलाई बोल्न सहजिकरण गरेको थियो। यो पनि सहमतिको एउटा अंश हो। अब ध्रुवीकरण होइन, सहकार्य गर्नुपर्दछ। आज सहकार्य गरौं,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .