ad ad

कारोबार


बढेको बढ्यै सुन, १ लाख ४१ हजार नाघ्यो मूल्य

बढेको बढ्यै सुन, १ लाख ४१ हजार नाघ्यो मूल्य

नेपालखबर
जेठ ७, २०८१ सोमबार ११:३०, काठमाडौँ

सुनको मूल्यले फेरि अर्को कीर्तिमान बनाएको छ। 

सोमबार ९ सय रुपैयाँ बढ्दा हालसम्मकै उच्च विन्दुमा पुगेको हो। 

आज छापावाल सुन १ लाख ४१ हजार ८ सय र तेजाबी सुन १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। 

चाँदी पनि ३० रुपैयाँले बढ्दा तोलाकै १ हजार ९ सय ४० रुपैयाँ पुगेको छ। 

अघिल्लो दिन छापावाल सुन १ लाख ४० हजार ९ सय, तेजाबी सुन १ लाख ४० हजार २ सय र चाँदी १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो। 

उता अन्तर्राष्ट्रिय बजारमा समेत चाँदी प्रतिऔँस ३२ डलर नाघेको छ भने सुन २ हजार ४ सय ४५ अमेरिकी डलर पुगेको एजेन्सीहरुले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .