ad ad

राजनीति


रविलाई गगनको जवाफ– तपाईंले भनेजति सबै विषयमा समिति बनाए हुन्छ

रविलाई गगनको जवाफ– तपाईंले भनेजति सबै विषयमा समिति बनाए हुन्छ

नेपालखबर
जेठ ६, २०८१ आइतबार १९:४८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आइतबारको संसद्‌बाट उठाएका सबै विषयमा छानबिन समित बनाउन चुनौती दिएका छन्। 

संसद् बैठकलगत्तै पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले यस्तो चुनौती दिएका हुन्। 

‘आज उहाँ(रवि लामिछाने)ले जुन जुन विषयमा समिति बनाउने भन्नुभएको छ, सबैमा बनाए हुन्छ,’ उनले भने। 

साथै, उनले गृहमन्त्री लामिछानेले आफू गृहमन्त्री हुँ भन्ने बिर्सिएकोजस्तो सम्बोधनको क्रममा देखिएको टिप्पणी गरे। 

‘मेरो गर्छु भन्छस् भने तेरो पनि गर्छु भन्दैै हुनुहुन्थ्यो, गृहमन्त्रीले यस्तो पनि भन्छ र?,’ उनले प्रश्न गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .