ad ad

राजनीति


गृहमन्त्रीको जवाफ सुन्ने विपक्षी दलहरूको निर्णय, चित्त नबुझे सदन चल्न नदिने

गृहमन्त्रीको जवाफ सुन्ने विपक्षी दलहरूको निर्णय, चित्त नबुझे सदन चल्न नदिने

नेपालखबर
जेठ ६, २०८१ आइतबार ११:४२, काठमाडौँ

प्रतिनिधिसभाका विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको छ।

आइतबार बिहान नयाँ बानेश्वरस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको बैठकले गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालखबरलाई बताए। 

‘गृहमन्त्रीलाई बोल्न दिने र उहाँको कुरा सुन्ने विपक्षी दलहरूको निर्णय भएको छ,’ शाहीले भने, छउहाँको कुरा चित्त बुझ्यो भने सदन अघि बढाउने समझदारी छ।’

यसअघि शनिबार साँझ सत्तारुढ र प्रतिपक्षी दलहरूबीच संसदीय समिति बनाउने सहमति भएको थियो। 

सोही समितिको टीओआर बनाउन ४ सदस्यीय टोली समेत गठन भएको थियो। सो कार्यदलले आइतबार बिहानैबाट छलफल गरिरहेको छ। 

तर, समितिको क्षेत्राधिकार विषय पेचिलो बन्ने देखिएको छ।

समितिको टीओआर (कार्यादेश) बनाउन बनेको कार्यदलमा सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक आज पनि अन्योलमा पर्ने देखिएको छ। 

आइतबार बिहानैबाट कार्यदलका सदस्यहरू छलफलमा जुटेका थिए। यद्यपि उनीहरूबीच बिहान ११ बजेसम्म पनि सहमति जुट्न सकेको छैन। 

स्रोतका अनुसार, कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि छलफलमा सहभागी हुन पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .