ad ad

राजनीति


प्रचण्ड, ओली र लामिछानेबीच सिंहदरबारमा वार्ता जारी

प्रचण्ड, ओली र लामिछानेबीच सिंहदरबारमा वार्ता जारी

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार ११:८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेबीच सिंहदरबारमा अहिले वार्ता चलिरहेको छ। 

प्रचण्डसँग छलफलको लागि ओली शुक्रबार बिहान साढे १० बजे सिंहदरबार पुगेका थिए। 

ओली र प्रचण्डबीच झण्डै २० मिनेट कुराकानी भएपछि लामिछाने पनि छलफलमा पुगेका छन्। तीन नेताबीच अहिले पनि छलफल चलिरहेको स्रोतले जनाएको छ। 

संसद् बैठकमा बिहीबार एमाले र कांग्रेसका संसादबचि धक्कामुक्की भएको थियो। 

हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। सभामुख देवराज घिमिरेले आज बिहान ११ बजेका लागि बैठक बोलाएका छन्। तर, संसद् बैठक सुरु भएको छैन। 

संसद बैठकअघि आआफ्नो रणनीति तय गर्न सत्तारुढ प्रतिपक्षी दलले आन्तरिक छलफल गरिरहेका छन्। 

कांग्रेसले पनि अहिले प्रतिपक्षी दलका नेताहरुसँग छलफलको तयारी गरेको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पार्टी संसदीय दलको बैठक बसेपछि कांग्रेसले विपक्षी दलको संयुक्त बैठक बोलाएको हो।

कांग्रेस सभापति देउवाले बैठकमा सहभागिताका लागि जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चालगायत दललाई बोलाएका छन्।

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको नामसमेत जोडिएको सहकारीको रकम अपचलन प्रकरण अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले केही दिनयता लगातार संसद् बैठक अवरुद्ध गरिरहेको छ। 

यसबीच उसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्नसमेत दिइरहेको छैन। 

सोही विषयमा हिजो बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा पनि एमाले र कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .