पूर्वसभामुख दमननाथ ढुंगानाले सत्ताको लक्ष्य भ्रष्टाचार हुँदा लोकतन्त्र नै लोप हुने खतरा बढ्ने बताएका छन्।
पूर्वसभामुख ढुंगानाले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो टेप सार्वजनिक भएपछि यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने क्रममा स्वीस कम्पनीको नेपाल एजेन्टसँग ७० करोड कमिसनबारे छलफल गरेको अडियो टेप सार्वजनिक भएको भएपछि उनले बिहीबार बाँस्कोटाले पदबाट राजीनामा दिएका छन्। बाँस्कोटालाई मन्त्रीबाट राजीनामा दिँदैमा उन्मुक्ति नदिन आग्रह गर्दै उनीमाथि अनुसन्धान गर्नुपर्ने चर्चा चलिरहेको छ।
पूर्वसभामुख ढुंगानाले व्यक्तिमाथि अनुसन्धान ठूलो कुरा नभएको भन्दै प्रवृत्ति मुख्य हुने बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले व्यक्तिबारे छानविन होला, प्रवृत्ति के होला भन्ने प्रश्न समेत उठाएका छन्।
‘सरकारका परम विश्वासपात्र/प्रवक्ता तथा आदर्श र उपदेशका कुरामा एक नम्बरका मन्त्री/महामन्त्री बाँस्कोटा एकाएक हटेछन्’, ट्विटरमा उनले लेखेको छन्, ‘व्यक्तिबारे छानविन होला, प्रवृत्ति के होला? सत्ताको लक्ष्य भ्रष्टाचार हुँदा लोकतन्त्र लोप हुने खतरा बढ्दछ।’
सरकारका परम विश्वासपात्र/प्रवक्ता तथा आदर्श र उपदेशका कुरामा एक नम्बरका मन्त्री/महामन्त्री बासकोटा एकाएक हटेछन्।व्यक्तिबारे छानवीन होला, प्रवृत्ति के होला?सत्ताको लक्ष्य भ्रष्टाचार हुँदा लोकतन्त्र लोप हुने खतरा बढ्दछ!
— Daman Nath Dhungana (@daman_nath) February 21, 2020१५ महिना अगाडि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने क्रममा स्वीस कम्पनीको नेपाल एजेन्टसँग ७० करोड कमिसनबारे छलफल गरेको अडियो टेप बुधबार राति सार्वजनिक भएको थियो। अडियो सार्वजनिक भएपछि बिहीबार बास्कोटाले मन्त्रीबाट राजीनामा दिइसकेका छन्।
प्रतिक्रिया