राजनीति


ट्रम्पलाई दोस्रोपटक जिताउन निर्वाचनमा हस्तक्षेप गर्दै रुसः अमेरिकी गुप्तचर निकाय

ट्रम्पलाई दोस्रोपटक जिताउन निर्वाचनमा हस्तक्षेप गर्दै रुसः अमेरिकी गुप्तचर निकाय

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार १०:३१,

निर्वाचनमा हस्तक्षेप गरेर रुसले डोनाल्ड ट्रम्पलाई दोस्रोपटक राष्ट्रपति पदमा निर्वाचित गराउन लागेको गुप्तचर निकायहरुले बताएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन्।

गत फेब्रुअरी १३ मा हाउस इन्टलिजेन्स कमिटीको गोप्य छलफलमा रुसले हस्तक्षेप गर्न लागेको विषयमा छलफल भएको अमेरिकी संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

गुप्तचर निकायहरुले पाएको सूचना विपक्षी डेमोक्रेटिक पार्टीहरुले थाहा पाउँछन् भनेर राष्ट्रपति ट्रम्प यसअघि क्रोधित बनेको खबरहरुमा जनाइएको छ।

डेमोक्रेटिक पार्टीका सांसद आडम स्किफले जब ट्रम्पविरुद्ध महाभियोगकको प्रस्ताव अगाडि बढाए ट्रम्प निकै रुष्ट बनेका थिए भनेर गुप्तचर नियायहरुको छलफलमा कुराकानी भएको न्युयोर्क टाइम्सले जनाएको छ।

शक्तिको दुरुपयोग गरेको र काँग्रेसको कार्यमा अवरोध पुर्याएको भन्दै अमेरिकी तल्लो सदनले ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पारित गरेको थियो।

तर सिनेटमा बहुमत नपुगेकाले ट्रम्पमाथि महाअभियोग भने लागेन। न्युयोर्क टाइम्सका अनुसार गुप्तचर निकायहरुको छलफलमा ट्रम्पका समर्थकहरुले ट्रम्पले रुसविरुद्ध कडोर नीतिहरु लिएको बताएका थिए। उनीहरुले ट्रम्पले युरोपसँगको सम्बन्ध मजबुत बनाएको र सुरक्षा अवस्था कडा बनाएको बताएका थिए।

यसअघि सन् २०१६ मा पनि रुसले अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रभावित गर्न खोजेको आरोप लागेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad