ad ad

राजनीति


बिहानै बालुवाटार पुगेका सभामुख र प्रधानमन्त्रीबीच ४५ मिनेट के कुरा भयो?

बिहानै बालुवाटार पुगेका सभामुख र प्रधानमन्त्रीबीच ४५ मिनेट के कुरा भयो?

बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीची भएको भेटवार्ता


नेपालखबर
जेठ २, २०८१ बुधबार १०:१२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच बुधबार बालुवाटारमा छलफल भएको छ।

संसद्‌मा नीति तथा कार्यक्रम पेस भएको भोलिपल्ट बुधबार बिहानै सभामुख घिमिरे प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) पुगेका थिए। 

सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार प्रधानमन्त्री र सभामुखबीच करिब ४५ मिनेट छलफल भयो। 

‘प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता संसद् अवरोधकै विषयमा केन्द्रित थियो’, उनले भने, ‘सभामुखले संसद्‌बाट विधेयकहरू पारित हुन नसकिरहेका बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताउनुभयो। संसद् सुचारु भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको, केही विधेयकलाई समितिमा पठाउन सकिने जानकारी दिनुभयो।’

उनले थपे, ‘उहाँले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा प्रतिपक्षीसँग तत्कालै सहमति गर्न अपिल गर्नुभयो।’

मंगलबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

त्यसपछि साँझ पुन: छुट्टाछुट्टै बसेका प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो।

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि दुवै सदनले राष्ट्रपतिलाई धन्यवाद दिन पाएनन्।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान राख्दै कांग्रेसले स‌ंसद्‌मा निरन्तर अवरोध गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .