ad ad

राजनीति


राष्ट्रपतिले दुई घण्टा लगाएर पढेको नीति तथा कार्यक्रममा के छ? (पूर्णपाठ)

राष्ट्रपतिले दुई घण्टा लगाएर पढेको नीति तथा कार्यक्रममा के छ? (पूर्णपाठ)

नेपालखबर
जेठ १, २०८१ मंगलबार १७:९, काठमाडौँ

सरकारले आगामि आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढेर प्रस्तुत गरेका हुन्। 

उनी दुई घन्टा लगाएर नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

२ सय १७ बुँदामा समेटिएको नीति तथा कार्यक्रम ९ हजार ४ सय १९ शब्दको रहेको छ।

वर्तमान सरकारले अघि बढाएका नीति तथा कार्यक्रमहरूको समीक्षा, प्राप्त उपलब्धि र कार्यान्वयनबाट हासिल अनुभव तथा सोह्रौं योजनामा आधारित भई आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम तर्जुमा गरिएको राष्ट्रपति पौडेलले बताए। 

‘प्रस्तुत नीति तथा कार्यक्रमले लोकतन्त्रको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान, सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेको छ’, उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने, ‘सङ्घीय शासन प्रणालीको सबलीकरण तथा तहगत योजना प्रणालीमा अन्तरसम्बन्ध कायम हुने गरी समन्वय र सहजीकरण गरिनेछ। सोह्रौं योजनाको प्रभावकारी कार्यान्वयन गरी योजना र बजेटबीच तादात्म्य कायम गरिने छ।’

सङ्घ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक अन्तरसम्बन्ध र साझेदारीलाई सुदृढ गरिने, तीनै तहबाट प्रवाह हुने सेवाको न्यूनतम मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याइने उनको भनाइ छ।

हेर्नुहोस् पूर्णपाठः

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .