ad ad

राजनीति


जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता

जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १६:३२, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालले सरकारबाट समर्थन फिर्ता लिएको छ।

पार्टी संसदीय दलका नेता उपेन्द्र यादवले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी गराएका छन्।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को नेतृत्वमा नेपालको संविधानको धारा ७६ (२) बमोजिम गठन भएको सरकारलाई जनता समाजवादी पार्टी, नेपालले समर्थन गरी सरकारमा समेत सहभागि रहेकोमा अब उपरान्त सरकारलाई दिइएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएकोले संसदमा प्रतिपक्षमा नै बसी आफ्नो रचनात्मक भूमिका निर्वाह गर्ने बेहोरा जानकारीको लागि अनुरोध छ,’ उनले सभामुखलाई लेखेको पत्रमा भनिएको छ। 

यादव प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवं स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा थिए। त्यस्तै, उनकै दलबाट दीपक कार्की स्वास्थ्य राज्यमन्त्री थिए। 

उनीहरू दुवैले सोमबारनै राजीनामा समेत बुझाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .