प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको यथेष्ट प्रमाणहरू सरकार आफैँसँग रहेको दाबी गरेका छन्।
शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग बोल्दैसहकारीमा गरेको गठीको यथेष्ट तथ्य र प्रमाण सरकारी अड्डाहरूसँगै रहेको बताएका हुन्।
‘रवि लामिछानेको हस्ताक्षर भएका थुप्रै कागजहरु, पत्रहरु, यति धेरै तथ्य र प्रमाणहरु छन कि तथ्य र प्रमाण खोज्न कहीँ जानै पर्दैन। सरकारी अड्डाहरूमै गएर तथ्य र प्रमाण केलाए हुन्छ,’ थापाले भने।
जिबी राईसँग मिलेर उपप्रधानमन्त्री लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्ण लक्ष्मी लगायत थुप्रै सहकारीको हजारौं बचतकर्ताहरुको करोडौं रुपैयाँ गोर्खा मिडियालगायतका संस्थाहरू प्रयोग गरेर अपचलन र ठगी गरेको उनको जिकिर छ।
‘जिबी राईसँग मिलेर माननीय रवि लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्ण लक्ष्मी लगायत थुप्रै सहकारीको हजारौं वचतकर्ताहरुको करोडौं रुपैयाँ गोर्खा मिडियालगायतका संस्थाहरु प्रयोग गरेर अपचलन गर्नुभएको, ठगी गर्नुभएको भन्ने हाम्रो दाबी छ। यसमा हामीलाई कुनैपनि दुविधा छैन,’ थापाले भनेका छन्।
सहकारी ठगी प्रकरणको विषयलाई खेलाँची नगरी गम्भिरतापूर्वक लिन र वचतकर्ताहरुको रकम फिर्ता गर्न पनि सरकारलाई सचेतसमेत गराएका छन्।
‘मैले प्रधानमन्त्रीजीलाई अनुरोध पनि गराएको, सचेत र सजग पनि गराएको सहकारीको रकम लगेर अपचलन गरेको विषयहरुको सन्दर्भमा सरकारको खास गरेर प्रधानमन्त्रीले तत्काल गम्भिर भएर बचत फिर्ता गराउने काम प्रारम्भ गराउनुभएन भने वा त्यो शुरु भयो भन्ने कुराको उहाँहरु आश्वस्त बन्ने आधार तय भएन भने थुप्रै अप्रिय घटनाहरु हाम्रो समाजमा भएको हामीले देख्ने अवस्था आउँछ। यो यी विषयहरुको बारेमा एकदमै गम्भिर बन्न प्रधानमन्त्रीलाई पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु,’ उनले भने।
महामन्त्री थापाले सरकारले सहकारी बचतकर्ताहरूको रकम फिर्ता गराउने काममा सरकार गम्भिर नभए समाजमा अप्रिय घटना हुन नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।
Shares

प्रतिक्रिया