ad ad

राजनीति


पार्टीको स्वार्थभन्दा माथि उठेर नसोचेसम्म देश बनाउन सक्दैनौँ : महासेठ

पार्टीको स्वार्थभन्दा माथि उठेर नसोचेसम्म देश बनाउन सक्दैनौँ : महासेठ

नेपालखबर
बैशाख २९, २०८१ शनिबार १४:४४, काठमाडौँ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन्। 

शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरु बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताए। 

संघ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै समयमा देश विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरूलाई आग्रह गर्दै उनले दलका नेताहरूले राजनीतिक कुरा र पार्टीका कुरा मात्रै गर्ने नभइ दलको स्वार्थ भन्दा माथि उठेर सोच्न आवश्यक रहेको पनि बताए।

‘पार्टीका नेताहरुले पार्टीका कुरामात्रै गर्ने होइन। हामीले पार्टीको स्वार्थ भन्दा माथि उठेर जब हामी सोच्दैनौँ, देश अघि बढाउन सक्दैनौँ। हामीले विद्वान साथीहरूसँग कुरा बुझेर, सोधेर अघि बढ्नुपर्छ। दोस्रो पटक म पनि भौतिक मन्त्रालयमा आएको छु। कामको गति बढाउँदैछौँ। विश्वास छ यस वर्ष यस सरकारले भौतिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त गर्नेछ,’ उनले भने।

दलभन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन नसकिने जिकिर उनले गरे। 

‘यहाँ एउटै विचारका साथीहरू हुनुहुन्न। विभिन्न विचारका साथीहरू हुनुहुन्छ। विकासको मामिलामा हामी राजनीतिक कुराहरू धेरै गर्दैनौँ। राजनीति हामीले ५ वर्षमा ६ महिना गर्दा पुग्दो रहेछ। संघ र प्रदेशको चुनाव ताका, ६ महिना तयारीका लागि र स्थानीय तहको निर्वाचनको बेलामा ४ महिना। बाँकी समय त विकास मिलेर गर्दा हुँदो रहेछ। हामीले काम गर्दा हुन्छ,’ उनले भने। 

उपप्रधानमन्त्री महासेठले देश विकासका लागि सबैको भुमिका महत्वपूर्ण हुने पनि दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .