राजनीति


एमसीसी कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउने

एमसीसी कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउने

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ९:२१,

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले शुक्रबार एमसीसीको प्रतिवेदन बुझाउने भएको हो। कार्यदलका सदस्य भीम रावलले अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउने विषयमा आज टुंगो लाग्ने बताए।

बिहीबारको बैठकमा प्रतिवेदन अगाडि बढाउने विषयमा छलफल भएको बताउँदै रावलले भने, ‘आजको बैठकबाट अन्तिम रुप दिने निर्णय भएको छ। अन्तिम रुप दिएर बुझाउने प्रकृयामा छाैं। भोलिसम्म प्रकृया पुरा गर्छ होला।’

एमसीसीका विषयमा सत्तारुढ दलभित्र चर्को विरोध भएपछि केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार गठन भएको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरिहको छ। कार्यदलमा रावलसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र झलनाथ खनाल सदस्य रहेका छन्।

यसअघि हिजो परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले सुझाव सहितको प्रतिवेदन पेश गर्ने तर संसदबाट पारित गर्ने नगर्ने भन्ने विषयमा कुनै निर्णय नगर्ने बताएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad