कला


रेखाले अमिताभको तस्बिर राखिएको ठाउँलाई ‘डेन्जर जोन’ भनेपछि...

रेखाले अमिताभको तस्बिर राखिएको ठाउँलाई ‘डेन्जर जोन’ भनेपछि...

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ९:१४,

बलिउडकी चर्चित अभिनेत्री रेखा जहाँ जान्छिन् त्यहाँ उनको निकै चर्चा हुने गर्दछ।

हालसालै पनि एउटा यस्तै घटना घटेको छ जसका कारण सामाजिक सञ्जालदेखि मिडियाहरुसम्म उनको चर्चा चुलिएको छ।

हालै रेखा डब्बु रतरानीको क्यालेन्डर विमोचन कार्यक्रममा पुगिन्। त्यहाँ एउटा यस्तो घटना घट्यो जुन देखेर सबै हाँस्न थाले।

कार्यक्रममा पुग्नासाथ रेखा डब्बूकी छोरीका साथमा र्‍याप वाक गर्न थालिन्। उनी एक ठाउँमा रोकिइन् जहाँ उनको अगाडि बलिउडका सुपरस्टार अमिताभ बच्चनको तस्बिर थियो।

अमिताभको तस्बिरलाई हेर्दै उनले डब्बुकी छोरीसँग भनिन्, ‘यो खतरनाक क्षेत्र हो, हिँड।’ उनको कुरा सुनेर त्यहाँ उपस्थित सबै हाँस्न थाल्छन्।

बलिउडमा रेखा र अमिताभको मित्रताको चर्चा सामान्य भएको छ। ‘दो अन्जाने’को सोटमा १९७६ मा पहिलो पटक भेटिएका उनीहरु प्रेम सम्बनधमा समेत रहेको चर्चा अब बलिउडका लागि पुरानो भाइसक्यो। उनीहरु दुवैले प्रेम सम्बन्धलाई भने अस्वीकार गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad