संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सञ्चारमन्त्री गोकुल बाँस्कोटलाई राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गरिदिन आग्रह गरेका छन्।
मन्त्री बाँस्कोटामाथि सुरक्षण मुद्रण प्रेस खरिद प्रक्रियामा ७० करोड घुस मागेको आरोप लागेको छ।
डा. भट्टराईले विपक्षी दल कांग्रेसले संसद अवरुद्ध गरेकोमा पनि आपत्ति जनाएका छन्।
उनले यो विषयमा संसदमा छलफल हुनुपर्नेमा कांग्रेसले हठ देखाएको आरोप लगाए।

प्रतिक्रिया